मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घर भत्किँदा हजुरबुबा र नातिनीको मृत्यु

घर भत्किँदा हजुरबुबा र नातिनीको मृत्यु


नुवाकोट । नुवाकोटको सिक्रे गाविसमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । पानीले गलेको घर भत्किएर सिक्रे गाविस–८ का हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । 
 
सिक्रे गाविस– ८ का ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनको १३ वर्षीया नातिनी पुष्पा श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
 
अविरल बर्खाले घरको जग रहेको माटो भासिएको र दुई जना चेपिएको बताइएको छ । प्रहरीलाई बिहीबार दिउँसो १ः३० बजे घटनाबारे जानकारी प्राप्त भएको बताइएको छ । साथै घरमा रहेका तीन वटा बाख्रा र एउटा कुकुर पनि घरभित्र परेर मरेको प्रहरीले जनाएको छ ।