मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरी बलात्कार गर्नेलाई अठार वर्ष कैद

छोरी बलात्कार गर्नेलाई अठार वर्ष कैद


बाबियाचौर (म्याग्दी) । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ । 
 
जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो । 
 
अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते निजलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । रासस