तनहुँ । सेती-मादी नदीले बगाउँदा तनहुँमा शुक्रबार एक किशोरी बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा भिरकोट गाविस वडा नं २ घर भई हाल व्यास नगरपालिका वडा नं १० बीसघरेमा बस्दै आएकी १८ वर्षीया हरिमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बीसघरे र काहुँशिवपुर गाविस–१ झापुटार जोड्ने झोलुङ्गे पुलमुनि सेतीमादी नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विक बेपत्ता भएकी हुन् ।
घटना भएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नदी किनार आसपासमा खोजी कार्य तीव्र पारेका छन् । रासस
प्रतिक्रिया