मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमानको मृत्युपछि श्रीमती बेपत्ता

श्रीमानको मृत्युपछि श्रीमती बेपत्ता


पाल्पा । डेढगाउँ गाविस–७ तिरन्दी बस्ने धनमाया नेपाली गत सोमबारदेखि बेपत्ता भएकी छन् । 
 
डेढगाउँ गाविस कार्यालयका पूर्व कार्यालय सहयोगी दलवीर नेपालीको गत असार १ गते मृत्यु भएपछि मानसिक रुपमा विचलित भएकी ६३ वर्षीया नेपाली बेपत्ता रहेको छोरी देवी परियारले बताइन् । 
 
असार २७ गते दिउँसो १ बजे घरबाट निस्किएकी धनमायाको खोजीका लागि परिवार, आफन्त, गाउँले र प्रहरीले खोजी कार्य गरिरहेका छन् । 
 
उनी हरियो टिसर्ट, हरियो कालो लुङ्गी, निलो पटुका र पहेँलो सल ओडेकी, अन्दाजी पाँच फिट उचाइ र गहुँगोरो अनुहारकी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ । रासस