वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

२५ जेठ, काठमाडौं  । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ ।   काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा एक सातादेखि उपचार गराइरहनुभएका गुरुङको निधन भएको अस्पतालले औपचारिक रुपमा जनाएको छ ।     स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा…