मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुल्मीको बाझकटेरीमा एकको हत्या

गुल्मीको बाझकटेरीमा एकको हत्या


तम्घास (गुल्मी) । गुल्मीको बाझकटेरी गाविसमा बुधबार राति एक जनाको हत्या भएको छ । बाझकटेरी–१ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 
राति १ बजेतिर २ जनाको समूहमा आएका अज्ञात समूहले आफूलाई समस्या परेको बताउँदै ढोका खोल्न लगाई पैसा मागेको र पैसा छैन भनेपछि एक्कासि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिएका छन् ।
 
हत्या गर्ने समूहको खोजी भइरहेकोसमेत प्रहरीले जनाएको छ । छोरी र श्रीमतीसँगै घरमा रहेका सेन वलीको हत्या गरेपछि उक्त समूहले दुई थान मोबाइल र कानमा लगाएका सुनका गहनासमेत लुटेर लगेको बताइएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोली पुगिसकेको छ । रासस