काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका कुनै पनि चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नका लागि तत्काल रोक लगाउन निर्देशन दिएका छन् । शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा…