मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत्रमा जसरी पनि चुनाब हुन्छ: प्रधानमन्त्री

चैत्रमा जसरी पनि चुनाब हुन्छ: प्रधानमन्त्री


१२ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैतमा चुनावहुने बताएका छन् ।  संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले चैत्रमा चुनाव हुने बताएका हुन् । संविधान संशोधन दशैं अगाडि नै हुने र चैतमा चुनाव हुने उनले बताए । उनले चैतमा चुनाव गराउने वातावरण बनाउने भूमिका खेल्न पत्रकारहरुलाई पनि आग्रह गरे ।  प्रधानमन्त्रीले भने, ‘चैतमा चुनाव भएरै छाड्छ, त्यसमा शंका नगर्नोस् । चैतमा चुनाव गराउने हामी सबैको दायित्व हो ।’ चुनावको तयारी युद्धस्तरमा भइरहेको उनले जानकारी दिए ।
 
प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले इलाकालाई स्थानीय निकाय बनाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।  इलाकालाई मधेस केन्द्रित दलले पनि सहमति जनाउने उनको विश्वास छ ।
 
संविधान संशोधनमा प्रमुख विपक्षी एमालेले सहमति जनाउँछ त भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेले असहमति जनाउने कुरै छैन । सहमतिमा आउँछ । हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकट समाधान गर्नु हामी सबैको कर्त्व्य हो । 
 
मधेस केन्द्रित दलहरुले भन्दै आएको मुद्दा फिर्ताको प्रसंगमा प्रधानमन्त्रीले पत्रकारहरुलाई स्पष्ट जवाफ दिएनन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यो पछिको कुरा हो, पछि नै कुरा गरौंला ।
 
टीकापुर काण्डका प्रमुख आरोपी रेशम चौधरीलाई भारतमा भेट्नुको कारणबारे पत्रकारको जिज्ञासामा प्रचण्डले भेट पूर्वयोजना र नियतबस नभएको प्रष्टिकरण दिए । ‘मैले छुट्टै भेटेको पनि होइन, भेट्ने कार्यक्रम पनि थिएन,’ उनले भने, ‘सार्बजनिक ठाउँमा को(को आए र भेटेर गए, यो नियतबस होइन ।’
 
भारत भ्रमणको क्रममा ताज होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले रेशम चौधरीलाई भेटेको भन्दै आलोचना भएको थियो । मंगलबारको संसद बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस विषयलाई उठाएर प्रचण्डको आलोचना गरेका थिए ।
 
प्रधानमन्त्री प्रचण्डले चितवनको विकास निर्माणलाई प्राथमिकता दिने पनि बताए । आफ्नो गृह जिल्लाको विकासमा किन ध्यान नदिएको भनेर पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भने, ‘आफ्नो जिल्लामा काम नगर्दा घाटा हुने रहेछ भन्ने बुझें । अब मेरो दोस्रो कार्यकालमा चितवनको विकासले प्राथमिकता पाउँछ ।’