मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाच ब्यवसायी नियन्त्रणमा

पाच ब्यवसायी नियन्त्रणमा


प्रकाश सिग्देल/हिमालय खबर 
असोज १२– जिल्ला प्रशासन कार्यालय चितवनले पानीमा कालोबजारी गरेको भन्दै भरतपुर बाट ५ जना ब्यवसायीलाई नियन्त्रणमा लिएको छ । अधिक्तम मुल्य १८ कायम भएको पानीलाई २५ रुपैया मुल्य लिई बिक्री गरेको भन्दै भरतपुर केन्द्रिय बसपार्कबाट न्यु एरा प्रोभिजनल स्टोर्स,गुप्ता पान भण्डार, राधीका कोल्ड स्टोर्स,काली गण्डकी कोल्ड स्टोर्स र आर बि सि फुड एण्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिई थुनामा राखेको हो ।
 
 पानिमा १०० प्रतिसत भन्दा पनि पढी मुल्य लिई ब्यवसायीहरुले कालोबजारी गरिएको भन्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले गरेको उजुरीका आधारमा उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनिहरुलाई कालोबजारी एैन अनुरुप मुद्धा दर्ता गरी कारबाही गरिने भएको छ  । यसैबिच जिल्ला प्रशासन कार्यालय चितवन र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसलहरुको अनुगमन गरेको छ ।
 
 टोलीले साल्ट टेडिगं कर्पोरेसन लिमिटेडको गोदाम सहित आनन्द मार्गका एक दर्जन होलसेल खाद्य पसलहरुको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक नबिन देउजाले बताउनु  भयो ।अनुगमनका क्रममा साल्ट् टेडीगको गोदाम सुन्दर र ब्यवस्थीत पाईएको उहाको भनाई छ ।  सो क्रममा पुजा टेड्स बाट म्याद नागेका एक दर्जन चिल्ली सस,सुरेस एण्ड ब्रर्दश बाट उत्पादन मिती नभएका १७५ प्याकेट साबुदाना, ६ सय ग्राम धनिया पाउडर,कालिका सप्लार्यस बाट ३० प्याकेट कुरमुरे, किसन सप्लाईस बाट १० प्याकेट मम मसला नस्ट गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका सचिव प्रकाश सिग्देलले बताउनु भयो । 
 
चाड पर्वका  समयमा ब्यवसायीले कृतिम अभाव सृजना गर्ने अखाद्य बस्तु मिसाववट गरी कालोबजारी गर्ने लगाएतका कार्य गरेको पाईएको हुदा त्यसलाई नियन्त्रण गर्न अनुगमन कार्य प्रभावकारी बनाएको मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । मञ्चले प्रशासन कार्यालयको सहयोगमा चाड पर्वका बेला दैनिक बजार क्षेत्र अनुगमनका कामलाई निरन्तरता दिने र दोसी माथी कारवाही गर्न प्रशासनलाई दवाव सृजना गर्ने मञ्चका बरिष्ठ उपाध्यक्ष बिष्णु प्रसाद भुषालले बताउनु भयो । चाड पर्वका बेला  हरेक दिन अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ब्यवसायी बाट उपभोक्ता अधिकारको खेलवाड गरेको पाईएमा तत्कालै नियन्त्रणमा लिएर थुनामा राखी कालोबजारी एन अनुरुप मुद्धा चलान गरी कारबाही गरिने खाद्य निरिक्षक देउजाले बताउनु भयो ।