मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति भण्डारीबाट संस्कृतिविद् जोशी सम्मानित

राष्ट्रपति भण्डारीबाट संस्कृतिविद् जोशी सम्मानित


पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई बिहीबार बिहान हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गर्नुभएको छ ।
 
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गर्नुभएको सो पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।
 
संस्थापक प्रधानले आपूm र आफ्नी स्व श्रीमतीको नाममा पुरस्कार सञ्चालन गर्न रु १५ लाख राशिको एक अक्षयकोष स्थापना गरिदिनुभएको छ र प्रत्येक दुई÷दुई वर्षमा  धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने संस्था वा व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ । जोशी  सो पुरस्कारबाट पुरस्कृत हुने पहिलो स्रष्टा हुनुहुन्छ ।
 
सो अवसरमा राष्ट्रपति भण्डारीले पोखरा नगरीमा अवस्थित विन्ध्यवासिनी मन्दिर हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनेको बताउनुभयो । उहाँले एक गुरुयोजना तयार गरी मन्दिर क्षेत्रको चौतर्फी विकास गर्न सके स्वदेशी तथा विदेशी पाहुनाका लागि धार्मिक पर्यटकीयस्थल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
 
राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई यस पुरस्कारबाट सम्मानित गर्न पाउँदा पुरस्कार र संस्थाको गरिमा बढेको धारणा राख्नुभयो । उहाँले भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा जोशीले  आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको चर्चा गर्नुभयो ।
 
पुरस्कारका संस्थापक हेमबहादुर प्रधानले नेपाली संस्कृतिका शिखर पुरुष जोशीलाई आपूmले स्थापना गरेको पहिलो पुरस्कारबाट सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
 
छयानब्बे वसन्त पार गरेका पुरस्कृत व्यक्तित्व सत्यमोहन जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा आपूmले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सचिव तीर्थ श्रेष्ठले पुरस्कारका बारेमा बोल्नुभएको थियो । रासस