इलाममा गाई पनि रेडियो सुन्छन्

इलाम (फिक्कल) । गाई पनि रेडियो सुन्छन्भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’(फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरू मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।    गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा…