मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अझै भेटिएनन् दुई महिनादेखि बेपत्ता दुई बालिका

अझै भेटिएनन् दुई महिनादेखि बेपत्ता दुई बालिका


राजविराज । दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् ।  
 
सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ । 
 
स्थानीय बीपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले कराएपछि सामान्य विवादका कारण पारो र उनकी बहिनी सरो घरबाट निस्केका थिए । रासस