धनुषा । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको बुधबार ट्याक्टरले किचिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् । धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज…