नारायणगढ–मुग्लिन सडक विस्तारमा भित्तो काटिएका ठाउँ जोखिमपूर्ण

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सडक विस्तारको काममा भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।  साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ ।    नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी…