मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


उर्लाबारी (मोरङ) । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौकनजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
 
विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो । 
 
शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सामुदायिक अस्पताल दुहबी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । रासस