भीमदत्तनगर । चौवन्न वर्षीया जानकी धामी जन्मजात दृष्टिविहीन नारी हुन् । आँखाको दृष्टि गुम्दा संसार देख्न नपाउनु उनको तीतो यथार्थमात्रै होइन, जानकीसित दशकौँदेखि भोगेका कष्टका वेदनासम्म सुन्दिने कोही छैन । श्रीमान् शिव धामीले १४ वर्षअघि दृष्टिविहीन जानकीलाई बेवास्ता गर्दै भारत पलायन भएपछि बेसहारा बनेकी उनी छिमेकीको सहारामा बाँचिरहेकी छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीमा बस्दै…