मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तेइस वर्षअघि हत्या गरेर फरार भएका पक्राउ

तेइस वर्षअघि हत्या गरेर फरार भएका पक्राउ


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षअघि हत्या गरी फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
 
सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भई काठमाडौँ धूम्रबाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । विसं २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलीला हेरी घरतर्फ फर्कँदै गरेका स्थानीयवासी जोगेन्द्र मण्डललाई वादविवादका क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या  गरिएको थियो ।
 
सो घटनामा संलग्न  पाँच प्रतिवादीमध्ये हालसम्म फरार रहेका दुवैलाई ब्युरोको टोली पक्राउ गर्न सफल भएको हो । सो मुद्दामा सर्वोच्च अदालतको विसं २०६२ चैत ७ गतेको फैसलाले दुवै जनालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकामा पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँमा पठाइएको छ ।
 
लागुऔषधसहित  पक्राउ
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खाका कुमारसिंह तामाङलाई करिब पाँच किलो लागुऔषध चरेशसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
 
नेपाल एयरलाइन्सको उडानबाट थाइल्याण्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाइछिपाई लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । रासस