मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा यौन अपराध बढ्यो, बाबुबाटै आठ वर्षीया छोरी बलात्कृत !

चितवनमा यौन अपराध बढ्यो, बाबुबाटै आठ वर्षीया छोरी बलात्कृत !


चितवन । भरतपुर महानगरपालिका २३ बस्ने वर्ष ३३ का एक युवक आठ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
 
पटकपटक जबरजस्ती करणी गरेको भन्दै छोरीले छिमेकमा भनेपछि उनलाई २४ गते गिरफ्तार गरी २५ गते आइतबार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
यो एउटा प्रतिनिधिमूलक घटना हो । बालिकाहरु हिजोआज बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यबहारको शिकार बनिरहेका छन् । अभिभावकले संरक्षण दिनुपर्नेमा कतिपय अवस्थामा अभिभावक र आफन्त नै यौन पिपासु बनिँदिँदा नानीहरुको कलिलो मस्तिष्क विक्षिप्त हुने गरेको छ ।
 
शारीरिक र मानसिकरुपमा समेत परिपक्वता नहुँदैको अवस्थामा बालिकाहरु यौन अपराधको शिकार बन्ने गरेका छन् । माघदेखि हालसम्म ६ महिनाको अवधिमा चितवनमा ८ जना बालिका बलात्कार घटना र ८ जना बलात्कार प्रयासका घटनामा परेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
 
६ वर्षीया बालिकालाई नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका– २ घर भई ज्याला मजदुरी गर्दै आएका २३ वर्षीय युवकले फागुन १८ गते बालिकाको होटलमा बसिरहेको अवस्थामा संवेदनशील अंग खेलाइ जबरजस्ती करणी प्रयास गरेको भन्दै पीडितकी आमा नाम परिवर्तित ०४९–२७ ९०७३/०७४० ले फागुन १८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् ।
 
६ वर्षीया बालिका नाम परिवर्तित भरतपुर (क) र ७ वर्षीया बालिका नाम परिवर्तित भरतपुर (ख)लाई भमनपा–१९ बस्ने वर्ष २५ को एक युवकले जेठ ३ गते साँझ ५ बजेको समयमा पीडितकै घरको कोठामा जबरजस्ती करणी गरेको भन्दै पीडितहरुकी आमा वर्ष २७ की नाम परिवर्तन गोव्रेनीले जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ ७ गते उजुरी दिएकी थिइन् ।
 
आठ वर्षीया छोरी नाम परिवर्तन ०४९–३५ लाई ०७४ वैशाख ३१ गते दिउँसो भरतपुर महानगरपालिका २५ राप्ती खोलामा साथीभाइहरुसँग खेल्ने क्रममा यौन दुव्र्यबहारको घटना गराएको भन्दै पीडितकी आमा वर्ष २४ की नाम परिवर्तित राप्ती–१ ले प्रहरीमा उजुरी दिएकी थिइन् । यस घटनामा पक्राउ पर्ने पनि सबै १६ वर्ष मुनिका रहेका छन् । आरोपित मध्येकी एक वर्ष १६ की बालिकासमेत रहेकी छन् ।
 
झट्केलो बाबुबाट बढीजसो बालिकाहरु पीडित हुने गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । प्रतिकार गर्ने क्षमताका हिसाबले बालिकाहरु कमजोर हुने हुँदा घटनामा पीडित हुने गरेको प्रमुख थापाले बताए । साथै उनले पीडकले मार्ने सम्मको डर, धाक, धम्की दिँदा कतिपय घटनाहरु त्यतिकै सेलाएर जाने गरेकोसमेत बताए ।
 
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता उदयचन्द्र अधिकारीले बालिका पीडित भएको अवस्थामा अन्य फौजदारी मुद्दाका तुलनामा आफू बढी संवेदनशील हुने गरेको बताए । पीडितलाई जतिसक्दो चाँडै न्याय र पीडकलाई अधिकतम सजाय दिई आफूहरुले न्यायोचित ढंगले काम गरिरहेको अधिकारीले बताए । 
 
पैसा अभाव र इज्जतका कारण समाजबाट भोलि कतै पीडित नै विस्थापित हुनुपर्ने हो कि भन्ने डरले कतिपय घटनाहरु समाजमै मिलाउने गरिएको समेत अधिकारीले बताए ।