मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् ।
 
बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् ।
 
घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिए पनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
 
बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ । रासस