‘प्रसाद २ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘प्रसाद–२’ चैत २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रवार चलचित्रको ट्रेलर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारहरू मुख्य भूमिकामा छन् । अन्तरजातीय प्रेम, कथित ठूला जातिको दमन र त्यसले सिर्जना गर्ने अवस्था सार्वजनिक ट्रेलरमा देखाइएको छ ।…