मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   
मनोरञ्जन   

युवा गायक वैद्यको डिसेम्बर २२ मा ड्यालसमा प्रस्तुति

युवा गायक वैद्यको डिसेम्बर २२ मा ड्यालसमा प्रस्तुति


टेक्सस (अमेरिका) । युवाहरू बीच लोकप्रिय छवी बनाएका गायक सज्जन राज वैद्यको पहिलो अमेरिकी सांगीतिक यात्रा आउँदो महिना अमेरिकामा सुरू हुने भएको छ ।

अमेरिकामा नेपालीहरु को बाहुल्यता रहेको ड्यालसमा आउँदो डिसेम्बर २२ शुक्रबार ग्राण्डपेरीमा विशेष प्रस्तुति दिने भएका हुन् । ह्याङ्गअाउट इन्टरटेनमेन्ट, ठमेल एन वोई सी र वोबरटन लाईभको अायोजनामा कार्यक्रम हुन लागेको हो ।

युवाहरु माझ अत्यन्तै लोकप्रिय गायक अनि संगीतकार सज्जनको अमेरिकामा नै पहिलो पटक कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएका छन्। करिब ६ हजार दर्शक अपेक्षा गरिएको अहिले सम्म कै नेपाल बाहिर गरिएको धेरै नेपाली समर्थक सहभागीको अनुमान आयोजकले गरेका छन् ।

अमेरिकाका चार स्थान डलास, न्यूयोर्क शहर, सैन फ्रान्सिस्को र डि यम भी मा कार्यक्रम हुने समेत जनाइएको छ ।

उनले सुनकान्छी, पहर, उजेली लगाएत दर्जनौ गीत रहेका छन् । उनको एकल रूपमा तीन घण्टा भन्दा बढी गीत गाउने अायोजकले जनाएका छन् ।

टिकट को मूल्य ८५ डलर, एकसय डलर र एकसय २० डलर राखिएको छ ।