मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   

बोस्टन लोक सुसेली समूहद्वारा आयोजित ‘सुसेली साँझ’को तयारी पूरा

बोस्टन लोक सुसेली समूहद्वारा आयोजित ‘सुसेली साँझ’को तयारी पूरा


अमेरिकाको बोस्टन सहरमा रहेको ‘बोस्टन लोक सुसेली समूह’ले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको आयोजकले जनाएको छ। संस्थाद्वारा स्थापना गरिएको ‘इन्द्रेणी कोष’को सहयोगार्थ, यही डिसेम्बर १६ तारिख सनिवार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागिएको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजक संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीले बताए। उनले दिएको जानकारी अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भैसकेका छन्। गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको बताए। उनका अनुसार कलाकारहरुले कार्यक्रममा पुराना लोकप्रीय श्रष्टाहरुको सम्मान र संझना गर्दै उनीहरुको गीतहरु पनि गाइने गरी तयारी गरेका छन्।

उक्त कार्यक्रमका प्रमुख आकर्षक नेपाली लोक तथा दोहोरी गीत संगीतको कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक तथा नेपाली लोक तथा दोहोरी गीत गायक कृष्ण कंडेल न्यू इंग्ल्याण्ड आइसकेका छन्। सुक्रवार उनी न्यूहेम्सारको कार्यक्रममा सहभागी भएको र सनिवार विहानै बोस्टन आइपुग्ने गरी व्यवस्था मिलाइएको केसीले बताए। यतिबेला कंडेल अमेरिकाको विभिन्न सहरमा पुगेर सांगीतिक कार्यक्रमहरु गर्दै नेपाली समुदायसंग साक्षात्कार गर्ने दौडाहा अभियानमा व्यस्त रहेका छन्। त्यसैगरी, चर्चित लोक तथा दोहोरी गायिका निशा सुनार, गायक बिमल डाँगी र संगिता थापा न्यु योर्कबाट सनिवार नै कार्यक्रम स्थलमा आइपुग्ने भएका छन्। कार्यक्रममा लोक तथा दोहोरी गीत गायक कृष्ण कंडेल, निशा सुनार, बिमल डाँगी, मिन केसी, संगिता थापा, शान्ता थापालगायत कलाकारहरुले न्यू इंग्ल्याण्डवासीहरुसंग साक्षात्कार गर्दै आफ्ना सांगीतिक कोसेलीहरु पस्कने छन्। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक साथ र सहयोग गरिदिन आयोजकका तर्फबाट केसीले सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई विशेष अनुरोधसमेत गरेका छन्। एकसय पचासको हाराहारी सहभागी रहने अनुमान गरिएको कार्यक्रममा, सहभागिताका लागि आयोजकले दश वर्ष माथिकाका लागि आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति एक सय डलर पर्ने प्रवेश टिकटको व्यवस्था गरेको छ।

‘बोस्टन लोक दोहोरी समूह’ अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा बस्ने प्रवासी नेपाली कलाकारहरु आबद्ध गैर मूनाफारहित संस्था हो। यसको स्थापना सन् २००७ मा नेपाली लोक तथा दोहोरी गीत/संगीतको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सक्दो योगदान पुर्याउने मुख्य उद्देश्यले भएको थियो। संस्थाले नेपाली लोक तथा दोहोरी गीत गायक तथा समाजसेवीको परिचय स्थापित गराउन सफल कृष्ण कंडेल र उनीद्वारा सञ्चालित लोकप्रीय कार्यक्रम’इन्द्रेणी’लाई सक्दो नियमित आर्थिक सहयोग गर्ने हेतुले सन् २०१७ मा ‘इन्द्रेणी कोष’को स्थापना गरेको हो।