मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मनोरञ्जन   

हेर्ने हैन त ‘द सिक्रेट अफ राधा’ ?

हेर्ने हैन त ‘द सिक्रेट अफ राधा’ ?


ड्यालस (टेक्सस) । नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ सेप्टेम्बर १५ शुक्रवार र १६ शनिवारका दिन टेक्ससको रिचर्डसनस्थित फनएशिया थिएटरमा  (1210 E Belt Line Rd, Richardson, TX 75081) प्रदर्शन हुने भएको छ । चलचित्रका निर्देशक तथा लेखक सुवर्ण थापा ‘राधा’ प्रदर्शनका लाागि यतिबेला ड्यालस आइपुगेका छन् ।

 निर्देशक तथा लेखक सुवर्ण थापा
निर्देशक तथा लेखक सुवर्ण थापा

निर्देशक थापाले दिएको जानकारी अनुसार दुवै दिनको शो साँझ ६ बजे सुरु हुने छ भने टिकट दर २० डलर तोकिएको छ । चलचित्र १ घण्टा ५० मिनेट लामो रहेको छ ।

गत वर्ष नेपालमा रिलिज भएको राधा यतिबेला अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन हुदै आएको छ । न्यूयोर्क, वाल्टिमोर, क्यालिफोर्नियालगायतका राज्यहरुमा प्रदर्शन पश्चात राधाको प्रदर्शन टेक्ससको ड्यालसमा हुन लागेको हो ।

काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘द सेक्रेट अफ राधा’लाई देवकी विष्ट र अभिनेता सौगात मल्लले निर्माण गरेका हुन् । चलचित्रमा सृष्टि श्रेष्ठको मूख्य भूमिका रहेको छ । यसैगरी चलचित्रमा सौगात मल्ल, सुनिल पोखरेल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिब्य देव पन्त, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतको विशेष भूमिकामा रहेको छ । नरेन्द्र मैनालीले छायांकन गरेको चलचित्रमा संगीत भने फ्रान्सका क्रिष्टोफी हेरेलले सिर्जना गरेका छन् । चलिचत्रमा प्रस्तुत ‘पाउमा पाउजु छैन बरिलै…’ बोलको चर्चित गीतमा भने कालीप्रसाद बास्कोटाको सङ्गीत रहेको छ ।

एउटी गर्भवती महिलाले आफ्नो बेपत्ता श्रीमानको खोजीका लागि गरेको संघर्षलाई राधाको मुख्य कथावस्तु बनाइएको छ । गत जुन २२–२५मा वासिङटन डिसीमा सम्पन्न नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘द सिक्रेट अफ राधा’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड पाएको थियो । फ्रान्सको कान्समा सम्पन्न ‘ला फेमे इन्डिपेन्डेट फिल्म फेस्टवल’मा पनि यो चलचित्र विभिन्न सात विधामा मनोनयनमा परेको थियो जसअन्तर्गत उत्कृष्ट कलाकार, निर्देशक र चलचित्र गरी तीन विधामा राधाले पुरस्कार समेत हात पार्न सफल भयो ।

‘राधा एक परम्परागत कथावस्तु बोकेको चलचित्र हो । यसमा ‘राधा’लाई नेपाली समाजको प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गरिएको छ । यसले मानविय जीवनका माया, आत्मविश्वास र सहनशिलतालाई देखाएको छ’, निर्देशक थापाले हिमालय खबरसँग भने ।

फ्रान्सबाट चलिचित्र निर्माण/निर्देशन सम्बन्धी अध्ययन गरेका थापाले यसअघि पनि मलामी, सुनगाभा, फन्को, बाटो मुनिको फुल–२ जस्ता सफल चलचित्र निर्देशक गरिसकेका छन् ।