मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   
मनोरञ्जन   

मगर संघ माघे संक्रान्ति मनाउदै

मगर संघ माघे संक्रान्ति मनाउदै


ड्यालस (अमेरिका) । माघे संक्रान्ति पर्वका अवसरमा मगर संघ अमेरिका टेक्सस शाखाले भव्य कार्यक्रम आयोजनाको तयारी गरेको छ ।

“जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ, जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ” भन्ने नारा लिएर संघले जनवरी १४ तारिक साँझ ४ बजेदेखि कार्यक्रम हुने आयोजकहरुले हिमालय खबरलाई जानकारी गराएकाछन्।

थुप्रै ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनुर साथै स्वादिष्ट खानाका परिकारहरु पनि रहने छन ।

निकैनै चर्चित मिठो स्वरकी धनी लोक दोहोरी गायिका मुना थापा, मगर तथा मोडल/ लोकदोहोरि गायिका शान्ति भण्डारीको विशेष गीतहरु प्रस्तुति रहने साथमा संगीतकार तथा गायक भीम चापागाईं, लोकदोहोरी गायक डिपी खनाल, नव लोकदोहोरी गायक छवि राज सुनर, गायक सविन दंगाल साथै वाद्यावादनमा रोशन पराजुली, आयुष डंगोल, चर्चित गीतकार लिलु गुरुङ अन्य कलाकार हरुको प्रस्तुति सगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने छन् । कार्यक्रम कन्भेन्सन प्लाजा अर्भिंगमा हुनेछ ।