मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मनोरञ्जन   
मुख्य समाचार   

मेलिना राईले ड्यालसमा प्रस्तुति दिँदै

मेलिना राईले ड्यालसमा प्रस्तुति दिँदै


टेक्सस (अमेरिका)- टेक्ससको अर्भिङमा “मेलिना राई लाईभ ईन ड्यालस” कार्यक्रम हुने भएको छ ।

अर्भिङमा रहेको करि लिफ रेष्टुरेन्ट र युनाईटेड किराँत राई अर्गनाईजेशन अमेरिका टेक्सस चाप्टरको आयोजनामा अगष्ट २५ तारिकमा करि लिफ रेष्टुरेन्ट अर्भिङको हलमा हुन लागेको हो ।

नेपालका चर्चित कलाकार मेलिना राईको बिशेष प्रस्तुती रहने उक्त कार्यक्रममा सहभागिहरुका लागि प्रबेश शुल्क २० डलर तोकिएको छ । अगष्ट २५ तारिक शुक्रवार बेलुकी ९ बजे शुरु हुने कार्यक्रममा डिजे घले लगायत ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका अन्य स्थानीय कलाकारहरुले पनि आ आफ्नो गीत सङ्गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन ।

मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन । मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा निकै लोकप्रिय अनि चर्चित नाम हो । उनीद्वारा गाइएका ‘पिरेम नलाउनी’ ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि’, ‘कुटु मा कुटु सुपारी दाना‘, ‘गोजिमा दाम छैन तिम्रो गोजिमा दाम छैन’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन् ।

१० वर्षको उमेरदेखि नै पितासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन् । उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो ।