मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   

मण्डलाले मनायो छैठौं बार्षिक उत्सव

मण्डलाले मनायो छैठौं बार्षिक उत्सव


ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा नृत्य लगायतका रचनात्मक गतिविधिको प्रशिक्षण दिँदै आएको संस्था मण्डलाले आफ्नो छैठौं बार्षिक उत्सव मनाएको छ ।

बार्षिक उत्सवका अवसरमा मण्डलामा प्रशिक्षण लिइरहेका बालबालिकाहरुले आफ्नो शीप र कौशलता प्रदर्शन गरेका थिए ।

मण्डलाले ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको चार स्थानबाट बिभिन्न उमेर समूहका व्यक्तिहरुलाई नृत्य प्रशिक्षण दिँदै आएको छ । मण्डलाकी संस्थापक आइसा ओझाका अनुसार अर्भिङ्ग, साउथलेक, कोपेल र हर्स्टमा शाखा खोलेर नृत्य प्रशिक्षण दिँदै आएको छ ।

बार्षिक उत्सव कार्यक्रममा ९५ जना प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिती थियो ।