मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
ग्लोबल   
मनोरञ्जन   

भारतीय फिल्म ‘जवान’ले तीन दिनमा कमायो साढे तीन अर्ब भारु

भारतीय फिल्म ‘जवान’ले तीन दिनमा कमायो साढे तीन अर्ब भारु

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । फिल्मले कति पैसा कमायो यसका आधारमा सफलता असफलता मापन गरिन्छ । हालै रिलिज भएको भारतीय फिल्म ‘जवान’ले तीन दिनमा करिब साढे तीन अर्ब भारु कमाएको छ । यस आधारमा यो फिल्मको वाहवाही भइरहेको छ ।

नेपाललगायत विश्वका विभिन्न देशबाट पनि यो फिल्मले राम्रो कमाइ गरिरहेको छ । छिटो समयमा बढी कमाउने फिल्मको रकेर्ड पनि यसले राखिरहेको छ । आउने दिनमा जवानले गर्ने आम्दानी अरु बढ्ने छ । यो फिल्मले १० अर्ब भारुसम्म कमाउने विश्लेषण गरिएको छ ।

जवानमा के छ ?

साउथ इन्डियनमा देखिने एक्सनको स्वादसहित बलिउड फिल्ममा देखिने विषयलाई घुसाएर जवान निर्माण गरिएको छ । निर्देशक एटलीले एक्सनलाई फिल्मको मुख्य विषय राजनीतिक भष्ट्राचारसँग जोडेर देखाएका छन् । यो नै यस फिल्मको प्रमुख विशेषता हो । एक्सन हेर्न बोर लाग्दै गर्दा राजनीतिक विषय आइपुग्छ यो फिल्मको रमाइलो पक्ष यही हो ।

केही वर्षयता भारतको साउथ फिल्म इन्डष्ट्रीले बलिउडलाई चुनौती दिएको थियो । साउथमा बनेका एक्सन फिल्म धेरैले मन पराउन थालेका थिए । यो यथार्थलाई जवानमा घुसाइएको छ । बलिउडका दर्शकलाई पनि निराश नबनाउने गरी राजनीतिक भष्ट्राचारको कथामा फिल्म आधारित छ । साउथ फिल्मको प्रभाव बलिउडमा परेको जवानमा पनि देख्न सकिन्छ । निर्देशक एटलीले यसलाई राम्रोसँग मिस मास गरेका छन् । जवानको मुख्य विशेषता यही हो ।

‘तपाईं एउटा लामखुट्टे मार्ने धूप किन्दा यो कति घन्टा चल्छ, राम्रोसँग काम गर्छ गर्दैन भनेर सोध्नु हुन्छ तर, पाँच वर्ष चल्ने सरकारका लागि भोट दिँदा कुन व्यक्ति तपाईंका लागि उचित छ त्यो हेर्नु हुन्न समस्या यहाँ छ’, यो भनाइ फिल्मका मुख्य पात्र शाहरुख खानको हो । फिल्मको कथा यही काम नगर्ने राजनीतिक नेताको वरिपरि घुम्छ ।

सामान्य हिन्दी फिल्मभन्दा केही लामो २ घन्टा ४५ मिनेटको यो फिल्ममा शाहरुख खान छाएका छन् । दोहोरो भूमिकामा उनी देखिन्छन् । यो फिल्ममा साउथ फिल्मको प्रभाव मात्र घुसाइएको छैन, पात्रहरु पनि साउथवाट लिइएको छ । नयनतारा, विजय सेतुपति पनि मुख्य भूमिकामा छन् । साउथ फिल्मका चर्चित अभिनेता विजय खलनायकको भूमिकामा जमेका छन् । नयनताराको भूमिका र ग्लामर पनि हेर्नलायक छ । दीपिका पादुकरको भूमिका छोटो भए पनि प्रभावकारी छ ।

एक्सन मन नपराउनेहरुका लागि भने यो फिल्म ठीकै हो । चर्चा चलेजस्तो रहेनछ भन्नेहरु पनि भेटिन्छन् । यो पनि सत्य हो । तर, एक्सन र राजनीतिक भष्ट्राचार मिसमास भएकाले फिल्म हेर्दा छ्या भनिहाल्नु पर्ने छैन ।

सकारात्मक रिभ्यु

जवानलाई निकै सकरात्मक रिम्भु पनि मिल्यो । यसले गर्दा यो फिल्ममा दर्शकहरुको आकर्षण बढ्यो । यही कारण रिलिज भएको दिनदेखि नै फिल्मको कमाई उच्च रह्यो । रटन टम्याटोलगायत भारतका फिल्म समीक्षकहरुले जवानलाई उच्च रेटिङ दिएका छन् ।