मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   

नेपाली बाह्र महिना र चाडवाड सिकाउने गरी “स्वगत छ साथी” बोलको नयाँ बालगीत सार्वजनिक

नेपाली बाह्र महिना र चाडवाड सिकाउने गरी “स्वगत छ साथी” बोलको नयाँ बालगीत सार्वजनिक


बालबालिकाहरुलाई गीतको माध्यमबाट सिकाउँदा सिकाईमा रमाईलोपन त पक्कै हुन्छ भने गीतको अभ्यासले सिकाईलाई दिगो बनाउनुका साथै स्मरण गर्न पनि सहज हुन्छ । यीनै कुरालाई ध्यानमा राखेर ग्लोवल नेपाली पाठशालाका लागी तयार गरिएका गीतहरु मध्येबाट छनौट गरिएको एक बालगीत सबै वालबालिकाहरुलाई समर्पित गर्दै सर्बसाधारणका लागी सार्वजनिक भएकोछ ।

पहिलो पटक बाह्र महिना, ऋतु परिवर्तन र नेपाली चाडहरु सजिलैसंग गुनगुनाउदै सिकाउने गरि बाल कलाकार आयुष धिमिरेको स्वर, भुवन गुरुको सङ्गीत तथा स्वर र ग्लोबल नेपाली पाठशाला, नेपाली समाज टेक्सासका, को-अर्डिनेर भोज बहादुर बलायरका शब्दमा “स्वागत छ साथी….” बोलको सदाबहार गीत यहाँहरुका नानीबाबुहरुलाई सिकाउन र सहजै बुझुन भन्ने लक्ष्य लिई सार्बजनिक गरिएकोछ ।

आषा छ । यस गीतका माध्यमबाट बालबालिकाहरुले नेपाली महिनाहरु, ऋतुहरु, चाडपर्वहरु सहजै सिक्ने र अभ्यास गर्ने छन । साथै यस गीतले नेपाली नयाँ वर्षलाई स्वागत र शुभकामना सन्देश दिदै विश्वशान्तीको कामना सहित चेतना फैलाउन सहयोग समेत गर्ने छ ।