लिलामीमा मान्छे

म अहिलेसम्मको मानव सभ्यताको उचाइमा एउटा नयाँ इँट्टा थप्ने नयाँ यात्रा प्रारम्भ गर्न स्वयम् मानव सभ्यतालाई लिलामीमा राखिरहेछु यतिबेला म मानव सभ्यताको टाकुरामा उभिएर चिच्याइ–चिच्याइ मान्छे बिक्रीको ग्राहक खाजिरहेछु बिक्रीमा छ मान्छे नगद नभए उधारोमै सही मैले मान्छेको मानव सभ्यताको भार थेग्न नसकेर मान्छे किन्ने ग्राहकको खोजी गरिरहेछु !