मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

‘सान्दाजु’ बजारमा

‘सान्दाजु’ बजारमा


शेयर गर्नुहोस:

891
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली साहित्यका मूर्धन्य साहित्यकार, नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ बिपी कोइरालाको देहावसान भएको करिब त्रिचालीस वर्ष व्यतीत भइसकेपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ ।

स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३१५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको हो । घिमिरेद्वारा अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) अङ्ग्रेजी उपन्यासका प्रकाशित भैसकेको छ । उनले बिपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद पनि गरेका छन् । त्यसबाहेक लेखक घिमिरेद्वारा अनुवादित अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् ।

‘सान्दाजु’ स्व. बिपी कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । बिपी कोइरालाका विचारहरू, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई यस उपन्यासमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् ।

सुन्दर स्वदेश पब्लिकेशनबाट प्रकाशित पुस्तकको मूल्य रू. ६५०/- छ ।  पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँ, सम्पूर्ण किताब नारायणगढ, हिमालयन रिडर्स कर्नर पोखरालगायत देशभरका विभिन्न स्थानहरूबाट बिक्री भइरहेको छ ।

शेयर गर्नुहोस:

891
Shares