मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

चितवनका कवि सुवेदीलाई अस्ट्रेलियामा ‘स्वयंसेवक फाइनालिस्ट अवार्ड’

चितवनका कवि सुवेदीलाई अस्ट्रेलियामा ‘स्वयंसेवक फाइनालिस्ट अवार्ड’


चितवन । अस्ट्रेलियामा कार्यरत चितवनका प्राध्यापक तथा कवि कुमाराज सुवेदी ‘कमल’ले दक्षिण अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याबिनेटअन्तर्गत बहुसांस्कृतिक मामिला विभागबाट अवार्ड प्राप्त गरेका छन् ।

समाजमा बहुसांस्कृतिक प्रवर्द्धन तथा सांस्कृतिक विविधताको महत्त्व बुझाउन विशेष भूमिका खेलेको भन्दै स्वतन्त्र निर्णायक समूहको सल्लाहमा दक्षिण अस्ट्रेलिया राज्यका गभर्नरद्वारा सन् २०२४ को स्वयंसेवक फाइनालिस्ट अवार्डबाट चितवनका सुवेदीलाई सम्मान गरिएको हो ।

Advertisement
ADVERTISEMENT

दक्षिण अस्ट्रेलियामा विभिन्न देशबाट आएका आप्रवासीलाई उपलब्ध सेवा प्राप्त गर्न, भाषिक क्षमता वृद्धि गर्न र राज्यमा सहजरुपमा समायोजन हुन सघाएबापत उक्त अवार्ड प्रदान गरिएको हो । मार्च ५ अर्थात् नेपाली मितिअनुसार फागुन २१ गते एडिलेड सहरस्थित गभर्मेन्ट हाउसमा कार्यक्रम आयोजना गरी दक्षिण अस्ट्रेलियाका गभर्नर फ्रान्सिस एडमसन एसीले प्राध्यापक सुवेदीलाई अवार्ड प्रदान गरेका हुन् ।

नेपाली समुदायमा यो अवार्ड प्राप्त गर्ने व्यक्ति सुवेदी नै पहिलो भएको दाबी गरिएको छ । अवार्ड प्राप्त गरेपछि कवि एवं प्राध्यापक सुवेदीले आफू बसेको समाजमा निस्वार्थ भावले गरेको कार्यलाई राज्यले महत्त्व दिएको भन्दै कृतज्ञता व्यक्त गरे । ‘मैले प्राप्त गरेको अवार्डबाट मलाई थप जिम्मेवारी मिलेको महसुस गरेको छु, ऊर्जा थपिएको महसुस गरेको छु’, उनले भने ।

नेपालमा छँदा पनि शिक्षण पेसाका अतिरिक्त स्वयंसेवकको रुपमा कम्प्युटर शिक्षा, महिला प्रौढ शिक्षा र पुस्तकालय निर्माण कार्यमा संलग्न सुवेदी अङ्ग्रेजी विषयमा लेख्ने कवि हुन् ।

यसबाहेक, नेपाली मूलका निक श्रेष्ठले उत्कृट बिजनेस समूहतर्फको अवार्ड प्राप्त गरेका छन् । उक्त कार्यक्रम बहुसांस्कृतिक मन्त्री जोई बेटिन्सन, चिफ जस्टिस क्रिस कौराकिस, पुलिस कमिसनर ग्रान्ट स्टेभन्स, दक्षिण अस्ट्रेलियाका नेपाली अवैतनिक कन्सुलर दीपक धमला, टेफएसकी म्यानेजर क्लेयर डालिमोरलगायत राज्यका महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति थियो ।

शेयर गर्नुहोस:

108
Shares