मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

बिटु केसीको गजलसङ्ग्रह ‘धीत’ लोकार्पण

बिटु केसीको गजलसङ्ग्रह ‘धीत’ लोकार्पण


शेयर गर्नुहोस:

2.3k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गजलकार एवम् साहित्यकार बिटु केसीको गजलसङ्ग्रह ‘धीत’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । समारोहका सहभागीहरुले किताब विमोचन कार्यक्रम यति चुस्त, व्यवस्थित र रोचक पनि हुँदोरहेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेलले आफ्नो मन्तव्यमा भने, ‘मेरो ५५ वर्षको अनुभवमा यति व्यवस्थित र सभ्य विमोचन कार्यक्रम एक दुईटा मात्रै देखेको छु ।’
गजलकार पौडेलले बिटु केसीका गजलहरुमा सकारात्मक भावको प्रशंसा गरे ।

चर्चित गीतकार एवम् वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालले धीत गजलसङ्ग्रहमा भएका गजलहरु देश परिवेश, मनोभाव, विकृति र सामयिकतासँग गाँसिएको बताउँदै गजलको नियम र अर्थनीतिमाथि आफ्नो धारणा व्यक्त गरे । वरिष्ठ सिने निर्देशक एवम् साहित्यकार प्रकाश सायमीले गजलकार बिटु केसीको लेखन प्रतिभाको तारिफ गर्दै आफ्नो शुभकामना व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गर्ने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले गजलकार बिटु केसीको साहित्यप्रतिको लगाव देखेर आफू प्रभावित भएको बताउँदै धीत प्रकाशनको क्रममा भएका सकारात्मक अनुभव उल्लेख गरे ।

डा. विश्वम्भर प्याकुर्‍याल, ज्ञानुवाकर पौडेल, प्रकाश सायमी, अश्विनी कोइराला र बिटु केसीले धीत गजलसङ्ग्रहको संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

२० महिनाअघि अमेरिकाबाट स्थायीरुपमा नेपाल फर्किएकी गजलकार केसीले गजल लेखनमा आफ्नो धीत अझै जीवन्त रहेको बताइन् । केसी हिमालयखबर अनलाइनमा वरिष्ठ लेखक एवम् स्तम्भकार रहेकी छन् ।

युवा गजलकार बाबु त्रिपाठीको रोचक उद्घोषणमा सञ्चालित कार्यक्रममा गजलकारहरु इम्तियाज वफा, शान्ति शर्मा र मुमताज अन्जुमले बिटु केसीका गजल वाचन गरेका थिए ।

एपेक्स बिजिनेस होटलमा आयोजना भएको सो लोकार्पण समारोहमा बहुआयामिक श्रोता, दर्शकहरुको व्यापक सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तव्य हिमालयखबरका सल्लाहकार सम्पादक गजलकार केसीका श्रीमान् तारा बरालले दिएका थिए ।

शब्दपथ र साहित्यपोस्टले प्रकाशन गरेको गजलसङ्ग्रह धीतमा ८२ गजल समावेश छन् ।

शेयर गर्नुहोस:

2.3k
Shares