मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   
साहित्य / कला   

अझै बुझ्दिन म संसारको खेला

अझै बुझ्दिन म संसारको खेला

- सीए हरिकुमार सिलवाल

हिमालय खबर

शेयर गर्नुहोस:

405
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिव महिमा प्यारोडी: भाग-१! पढौँ र हासौँ !!

हे शिव तिम्रो के-के छ नाउं
यो सानो दिमाख भरियाछ ठाउं
लौ भन अब कसरी थाहा पाउं ।

हे शिव तिम्रो कहां-कहां छ धाम
यो छोंटो जुनी कत्ति छ काम
लौ भन अब कुन ठाउंमा जाम ।

हे शिव तिम्रो कस्तो-कस्तो रूप
सम्झेरै दंग पर्छु म खुप
लौ भन नसोधी बसु कति चुप ।

हे शिव तिम्रो के-के पिउनी खानी
आफ्नो त त्यस्तो छैन केही बानी
लौ भन त्यो खोज्न म कहां जानी ।

हे शिव तिम्रो को-को हुन् संगी
हाम्रो त कोही संग मिल्दैन भंगी
लौ भन कसरी बनाउं जीवन रंगी ।

हे शिव तिम्रो के-के हो बेर्ने
मैले त्यै बेर्दा दुनियांले हेर्ने
लौ भन कसरी तिम्रो कुरा टेर्ने ।

हे शिव तिम्रो को-को हुन् चेला
अझै बुझ्दिन म संसारको खेला
लौ भन हिड्ने भा छ छैन बेला !