काठमाडौँ । प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले शनिबार आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो । उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल,…