मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   
साहित्य / कला   

खड्काको पहिलो कविता संग्रह ‘अथक अभिलाषा’ सार्वजनिक

खड्काको पहिलो कविता संग्रह ‘अथक अभिलाषा’ सार्वजनिक


अथक अभिलाषा कविता सङ्ग्रहका लेखक : प्रकाश खड्का(अभियान)

साहित्यकार प्रकाश खड्का(अभियान)को पहिलो कविता संग्रह ‘अथक अभिलाषा’ सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउदै आएका खड्काले आफ्नो पहिलो साहित्यिक कोसेली स्वरुप उक्त कविता संग्रह ‘अथक अभिलाषा’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), अमेरिकाको बोस्टन च्याप्टर मार्फत सार्वजनिक गरेका हुन्।

अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनबाट सार्वजनिक गरिएको कविता संग्रह ‘अथक अभिलाषा’ मा ६४ वटा स्वच्छन्द कविताहरु समेटिएका छन्। कवि खड्काले यस कविता सङ्ग्रहमा माया, प्रेम,मोह, घृणा, सुख, दु:ख, आरोह, अवरोह, देश, परदेश, प्रकृति, जीवन, जगत आदिलाई पुरातन र आधुनिक साहित्यिक अभ्यासको मध्यमार्ग अपनाएर कलात्मक, आकर्षक, अर्थपूर्ण र सरल ढङ्गबाट पस्कने प्रयास गरेका छन्।

अथक अभिलाषा कविता सङ्ग्रहका केही कविताहरु ।

कविता संग्रह सार्वजनिक गरेसंगै खड्काले नेपाली साहित्यमा केही योगदान पुर्याउने आफ्नो तिब्र अभिलाषाको पहिलो प्रयासको परिणाम ‘अथक अभिलाषा’ भएको प्रतिक्रिया दिएका छन्। नेपाली साहित्यिक यात्राका क्रममा लेखिएका कविताहरुलाई संग्रह गरेर सार्वजनिक गर्ने आफ्नो अभिलाषा, अनवरत अथक प्रयास पश्चात् सम्भव भएको उनले बताए। आफ्नो अभिलाषाले सार्थकता पाएकोमा खुशी व्यक्त गर्दै खड्काले भने , ‘यो मेरो पहिलो प्रयास हो। जो लामो अथक प्रयास पश्चात् सम्भव भयो। सारै खुशी छु।’

उनले ‘अथक आभिलाषा’ आफ्नो नेपाली साहित्यक यात्राको ऐतिहासिक दस्तावेज र अमूल्य सम्पत्ति रहेको जिकिर गरे। उनले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ सार्वजनिक गरिएको कविता सङ्ग्रहले नेपाली साहित्यमा केही न केही योगदान पुर्याउने विश्वास व्यक्त गरे। साहित्यकार खड्काले कविता सङ्ग्र सार्वजनिक गर्ने अभियानका क्रममा उत्साह, उर्जा, उत्प्रेरणा, साथ, सहयोग, सल्लाह दिने सबैलाई धन्यवाद दिदै समीक्षात्मक प्रतिक्रियाका दिन अनुरोधसमेत गरेका छन्।

नेपालमा भक्तपुर, चाँगुनारायण-७ मूल थलो भइ विगत १५ वर्षदेखि सपरिवार अमेरिकाको बोस्टनमा बस्दै आइरहेका साहित्यकार खड्काले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)मा आबद्ध भएर आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाइरहेका छन्। सामाजिक क्षेत्रमा पनि क्रियाशील उनि हाल अनेसास, बोस्टन च्याप्टरको कार्यसमितिको उपाध्यक्षसमेत रहेका छन्। कविता लेखनसंगै उनले साहित्यका अन्य विधाहरु मुक्तक, हाइकु, गजल, कथा, लघुकथा आदिमा पनि कलम चलाउदै आइरहेका छन्।