ड्यालस (टेक्सस) । ड्यालसको नेपाली समुदायमा परिचित समाजसेवी स्व. ईरा आचार्यको स्मृतिमा प्रकाशित ग्रन्थको आइतबार विमोचन गरिएको छ । ड्यालसको नेपाली समुदायका अगुवाहरुले स्व.आचार्यको स्मृतिमा प्रकाशित भएको 'ईरा आचार्यः उनले कोरेको मार्गचित्र' को संयुक्त रुपमा विमोचन गरेका हुन् । अमेरिकाको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा झण्डै डेढ दशकसम्म रहेर बिभिन्न सामाजीक गतिविधि, संघसंस्थाहरुको नेतृत्व तथा स्वयमसेवामा समर्पित…