ठाउँठाउँमा ‘अरुण’ पुर्याउने पिरलो – लीला श्रेष्ठ

कालिम्पोङलाई अलबिदा गर्नु अगाडि हामीले हाम्रो साहित्यिक पत्रिका ‘अरुण’का केही प्रतिहरू कालिम्पोङ पत्रिका पसललाई बिक्रीको लागि छोड्नु थियो । त्यसैले हामी एउटा पत्रिका पसलमा गयौँ । “अरुण” पाख्रीबास कृषि केन्द्र कर्मचारी संघ साहित्यिक समितिद्वारा प्रकाशित साहित्यिक पत्रिका हो । कणेल दाइले बोक्नु भएको पाँच प्रति ‘अरुण’ त्यस पत्रिका—पसलमा छोड्यौँ । कालिम्पोङमा नेपाली साहित्यिक पत्रिका प्रशस्त…