भर्खरै घाम उठ्दै गर्दा
जुन निदाउने बेला भएकाे रहेछ
अाकशमा झुन्डिएकाे बादलले पनि
रङ फेरेकाे रहेछ
ठ्याक्कै त्यति नै खेर म ब्युउझिएँ
हेर्न थाले याे अद्भुत प्रकृतिकाे छटा
मेरा आँखामा समय काेरियाे
जीवन जस्तै निखर
साँझ बिहान र रात
आकाशमा कसरी झुन्डिन सक्छ हँ !
पृथ्वी अाेढेर यस्ताे उज्यालाे
अँध्याराे र फेरि उज्यालाे ।
प्रतिक्रिया