मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

म चाँहि अझै भन्सारमा, कर छलाउदैछु

म चाँहि अझै भन्सारमा, कर छलाउदैछु


साथी भन्छ, समुद्रमा मकै फलाउदैछु ।
म चाँहि अझै कर्णालीमा, तुइन् चलाउदैछु ।
 
उसले भन्छ, मङ्गलमा घर् बनाऊँ साथी ।
म चाँहि अझै आन्दाेलनमा, पुत्ला जलाउदैछु ।।
 
दुधकाे भारा तिर्नु पर्छ, सम्झाउँछ उसले ।
म चाँहि अझै प्रवासमा, माँसपेसी गलाउदैछु ।।
 
खन्जाेत् गर्नु पर्छ यहाँ, धान फलाउनलाई ।
म चाँहि बाँझाे खेत राखी, उन्यु पलाउदैछु ।।
 
पद्धतिले बन्छ देश, भन्छ मेराे साथी ।
म चाँहि अझै भन्सारमा, कर छलाउदैछु ।।
 
– खेमराज गैराघरे 

इलाम, नेपाल । हाल: केलर, टेक्सस ।