मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

जुलुस

जुलुस


धेरै जुलुसहरू देखि रहेछु
र ,आश्चर्यले हेरि रहेछु
प्रश्न गर्छु आफैलाई
कस्ता जुलुसहरु हुन् यिनीहरु ?
किन, कस्कालागि र कहिलेसम्म ?
 
सबै नेताहरू मात्रै देखि रहेछु 
र, अर्थ बुझ्न खोजी रहेछु
फेरि पनि प्रश्न उठ्छ
कस्ता नेताहरू हुन यिनीहरू ?
किन, कसरी र कस्का लागि ?
 
धेरै वर्ष भयो
जुलुसहरू र नेताहरू देखेको 
र , भेटेको बोलेको
अनुत्तरित प्रश्न निरन्तर
खोई त ?
शान्ति , उन्नति , प्रगति र विकास ?