मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

समय चक्र

समय चक्र


कुटिल समयको चक्र यहॉ
आफ्नै रफ्तारमा घुम्दो रहेछ
अनुकूल परे पछि त बरै
रुखैको पात पनि फुल्दो रहेछ..
चलाउन जान्यो भने त
खोटो सिक्का पनि बिक्दो रहेछ
सॉठ र गॉठ दुबै मिले
डोको मै पनि दुध अड्दो रहेछ
अनुकूल परे पछि त बरै
रुखैको पात पनि फुल्दो रहेछ..
रंग फेर्न जान्यो भने यहॉ
बार्है मास बसन्त झुल्दो रहेछ
खडेरीको काकलकुइलाई पनि
कुवामै पानी उम्रिंदो रहेछ
अनुकूल परे पछि त बरै
रुखैको पात पनि फुल्दो रहेछ ।