ड्यालस (अमेरिका) – अमेरिकाका नेपालीको पहलमा भरखरै प्रकाशित भएका दुई कृतिका विषयमा शनिबार ड्यालसमा अन्तरकृया कार्यक्रमको आयोजना भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सस च्याप्टरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार केशवराज ज्ञवालीद्वारा लिखित कथासंग्रह ‘अर्को भोर’ र आप्रवासी इञ्जिनियरहरुद्वारा लिखित ‘आँगन छाडेपछि’ कृतिको समिक्षा गरिएको थियो । अमेरिकामा रहेका नेपाली इञ्जिनियर ज्ञवालीको कथासंग्रह…