मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

अनेसास अस्टिन च्याप्टरको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

अनेसास अस्टिन च्याप्टरको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। जुन ६ तारिख आईतवारका दिन संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा जुम मार्फत भर्चुअल्ली साहित्य रचना वाचन कार्यक्रमम गरिएको थियो।     
 
बिशेष आतिथीको रूपमा आमन्त्रित अनेसासका केन्द्रिय बरिष्ठ उपाध्यक्ष साहित्यकार गोवर्धन पूजा र अर्की साहित्यकार कल्पना तामाङले आ-आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नुभएको थियो। अमेरिकाको बोस्टनमा बस्दै आउनुभएका साहित्यकार पूजाले आफ्ना उत्कृष्ट चार कविता वाचन गर्दै आफूलाई कार्यक्रममा आमन्त्रित गरेकोमा अनेसास अस्टिन च्याप्टरलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। यस्तै कार्यक्रममा उपस्थित हुनुभएकी अर्की अतिथी साहित्यकार तामाङले कार्यक्रममा आफ्ना ५ कविताहरू वाचन गर्नुभएको थियो।
 
संस्थाका महासचिव केशवराज ज्ञवालीले संचालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू पिताम्बर दाहाल, हस्त गौतम, केशव पन्थी, बबि लिम्बू, दिनेश दाहाल, सरोज वाग्लेले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो। यस्तै लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका सञ्चारकर्मी तथा संस्थाका सदस्य सुमन गैरेले आफूले रचना गरेको गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो। 
 
अतिथीको रूपमा उपस्थित साहित्यकार गोवर्धन पूजाले हालसम्म संयुक्त कथा संग्रह ‘असहमतिका पाइलाहरु’, ‘शून्यताको आँचलभित्र’ (उपन्यास), कविता संग्रह ‘पीडा अवतार’, ‘वाचल ओठहरू’, ‘प्रेम अवतार’, गजल संग्रह ‘बिक्रीमा यो जिन्दगी’लगायतका साहित्यिक रचना गरिसक्नुभएको छ। उहाँ युवावर्ष प्रतिभा पुरस्कार -२०५९, भानुमोती पुरस्कार-२०५७, गज़लश्री सम्मान-२०६०, युवावर्ष मोति पुरस्कार -२०६५ लगायतका दर्जनभन्दा बढी पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ।  
 
युवा साहित्यकार तामाङका पल्लवी रातहरू (संयुक्त मुक्तक, २०६६, शिल्पी साहित्य प्रतिष्ठान), हैसियत ३ (संयुक्त गजल, २०७३, हाम्रो मझेरी साहित्य प्रतिष्ठान), शब्द शिविर (संयुक्त गजल, २०७४) हाम्रो मझेरी साहित्य प्रतिष्ठान), हिऊँको आगो (मुक्तक, २०७६, मधुवन साहित्य प्रतिष्ठान) लगायतका कृतिहरू सार्वजनिक छन्।
 
प्रवासमा रहेर नेपाली साहित्यलाई थप उचाईमा लैजान यस्ता कार्यक्रमले मद्घत पुर्याउने भन्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गौतमले उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनमा नेपाली साहित्यको उत्थानका लागि अझै राम्रा र उपलब्धी मूलक कार्यक्रम संस्थाले गर्दै जाने उहाँको भनाइ थियो।