जब सुर्य सुरु
गर्न थाल्छ आफ्नो यात्रा
फर्कन घरतिर
तब नाच्छन् धूपीहरु
त्यो चक्चकके हावासङ्ग।
सबैतिर छ एउटा चकमन्नता
मलाई के थाहा
आवाजको कमीले पनि ल्याउदो रहेछ
आनन्दको शीतल्ता।
त्यहा रहन्छ एउटा सानो तबेला
छत्मा छ पराल्को झुप्रो
लग्भग सुनमा सुगन्ध।
एउटा सानो घर जस्तो
देखिईन्छ केबल एउटा सानो ढोका
जहाँ भित्र रहन्छ
मनको उमंग।
जब घाम बिस्तारै झुल्किन थाल्छ
तब हावाले झनझनै साहस पाउछ
र झनझनै बेस्सरी दौडिन थाल्छ।
र यही बेला त्यो मिठो चकमन्न्ता
लागी झनै मीठो आवजले
प्रतिस्थापन गर्छ:
टडक् टडक्।
यदि यही मिठास सुनेर होला
उत्सव मनाउन तयार भयेझै
आकशले पनि भेष फेर्छ
पाकेको सुन्तला मसिमा चोपेझै
सबैतिर रङ छरपस्ट पार्छ।
टडक् टडक्
आउछ त्यो एक्लो घरबाट
भित्रको आँतेस
गुम्सिएको मनमुटाबझै
ईश्वरलेपनि आज्ञा दिन्छन्
संसारमा निस्किहालेस्।
बर्षौको रीस र पिडा
बर्षौको अन्याय
सबै पोख्न तयार
त्यो आवाज्ले ल्याउछ संकेत।
र नभन्दै
खुल्यो त्यो ढोका
र निस्किए पाँच घोडा।
सबैको अगाडि थियो
एउटा कालो बलमान
सलक्क तर कसिएको
तेज तर नआतिएको।
दौडे ती घोडा
टडक् टडक्
दौडे ती घोडा
थाहा छैन लक्ष्य लिई कतातिर
दौडे ती पाँच
उल्झाएको सुर्यतिर।
कसले बुझोस् त्यिन्को दुख
कसले दियोस् उनिहरुलागी सुख
बर्षौ कैदी
बर्षौ राख्नु परेको
आफ्नो ढाडमाथी
एक सवारी।
निकै भारी थियो त्यो सवारी
भन्छन्: जन्मिदा जन्मन्छन् सबै नांगै
तर खुट्टामा उभिन पा हुदैन
भिडाउछ कलिला शरीरमाथि
कसैले
एक ठुलो जिम्मेवारी।
को हो त्यो दुष्ट
जसले दिन्छ यति पिडा
को हो त्यो पापी
जसले राख्छ यी सुन्दर घोडालागि बन्धी?
आफ्नो खुट्टा भैकिन
पनि चलाउदैन
केबल चढ्छ आफुमाथी
र दौडाउछ मरिमरी!
जब खुला हावासङ एक हुनुपर्ने
तब बान्छ मुखमा डोरी
हो त्यसैले गर्छ त्यि घोडामाथी राज
अरु कोहि होइन यो हजुर
केवल हाम्रो समाज।
दौडे ती घोडा
बर्षौको बन्धन् तोडि
मीठो मुक्ति चाख्दै
धर्तीमाथी आफ्नो छाप छाडदै।
भन्छन्: परिआए खान्छ घोडाले मासु
धुरुधुरु झार्दै अाँसु।
हो! य्स्तो स्थितिमा
यस्तो दुर्गतिमा
झार्छ मासुमलागी कसले?
अरू कोहिले होइन
केबल यही समाजले!
स्वच्छ मन र बिचार
भएका त्यि शिशु
रहदैनन् सधै त्यस्ता
घृणा, पाप
रिस र डाहा
पोखिजान्छ त्यता।
को हो त्यो पापी!
कसले गर्छ त्यसो
मन्परी जसो
को हुनु अरु
हो हाम्रै समाज।
यही हो एक सत्य
सहनुपर्छ सबैले यो पिडा
तर रहनुपर्दैन सधैं
कोहिपनी
समाजको ऋणमा।
हो! त्यही बलमान हुन्
त्यि पाँच
जसले खोसे आफ्नो मुक्ति
समाजको पापबाट साफ।
हो! त्यही नै हुन्
त्यि पाँच अमर यात्री
जसले फुत्काए
त्यो स्वार्थि सवारी
र फुत्काए त्यो अन्ध्यरो
जिम्मेवारी।
र दौडिए ती घोडा
दौडिए ती पाँच
बल्ल लक्ष्य प्राप्त गरि
दौडिए त्यि कहाँ?
हुन्छ स्वप्न गगन र धर्ती जहाँ एक
त्यहाँ।
र यही पाँचको बहादुरी देखेर
काम्यो मेरो मन
सहदिन म पनि अब यो मजदुरी
राखे जीवनसङ सर्त
भएभर्को बलले उठाएँ त्यो भारी घन
लागेन केहिदेखि डर।
र फुत्काए आफ्ना हात
त्यो जुनेलि रात
र यही पाँच अौँलाले
ठोके
त्यि बहादुरको प्रती
सलाम॥
प्रतिक्रिया