काठमाडौँ । साहित्यसुधा नेपालको आयोजनामा भर्चुअल माध्यमबाट साहित्यसुधा नेपालका उपाध्यक्ष साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ को खण्डकाव्य ‘आमा’ विमोचित भएको छ । पुस्तकको विमोचन प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत विशेष अतिथि समेतबाट भएको थियो । साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्घोषकको भूमिकामा संस्थाका सह–सचिव कृष्णदेव रिमाल रहेका…