साहित्य/सिर्जना

नेता न सरकार ! केवल त्रास

नेता न सरकार ! केवल त्रास


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

 
भूकम्पमा जस्तापाता र चामल चोर्नेहरु 
कोरोनामा अक्सिजन सिलिन्डर चोर्दै छन्। 
हामी जनप्रतिनिधि हौँ भन्दै हिँड्नेहरु   
जनता उपचार नपाई मर्दै गर्दा पनि  
सत्ता समीकरण गर्दै मौन व्रत बसेका छन्।।
 
सधैँ नेताहरुले देश बेचे भन्नेहरु  
कालाबजारी गरी पैसा सोहोर्दै छन्। 
दुःखद करोडौँ रुपैयाँ हुनेहरु पनि 
अस्पतालमा शैय्या र अक्सिजन नपार्इ 
दिनदिनै ज्यान गुमाउँदै छन्।। 
 
भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरु 
राजनीतिक पार्टीको सिकार भएछन्। 
देशमै उच्च शिक्षा, स्वास्थ्य, रोजगारी
र भौतिक विकासको पहल गर्न छोडी    
जागिर, प्रोमोसन र नियुक्तिको गुलाम भएछन्।। 
 
वर्षभरि कोरोनाबाट मानिस मरिरहँदा 
कुनै पूर्वतयारी नगरी खिल्ली उडाउँदै बस्यौँ । 
धनी र दाता देशको खोपमा भर पर्ने 
तर भाषण, विवाह, जात्रा र जमघटमा रमाउँदै हिँड्यौँ।। 
 
अफसोस,
आज तिमीमा कोरोनाको डर छ  
परिवार र आफन्त गुमाउने त्रास छ। 
भेट्दैनौ कुनै उपचार, न छिमेकीको साथ 
देख्दैनौ उपस्थिति कुनै नेताको, न त सरकार।। 
 
छ त केवल,
जीवन-मृत्युको त्रास।
 
(मे २१, २०२१)