आगोको लप्का कहिले पानीको छाँगो बनिस विषको घुट पिउँदै पिउँदै सपनाहरु पनि गनिस ध्यार् ध्यार् हुँदा मैले तँलाई सोधेको थिएँ प्रश्न टुक्रा टुक्रामा उध्रिएकोलाई सिउनु पर्छ भनिस सम्झाउन जानेको छस् रिसाउन फकाउन पनि यो गहिरो निराशाको खाल्डो फेरि किन खनिस ? जल्छस् , बल्छस् कहिले मरणासन्न भएको छस् तै पनि उठ्छस हाँस्छस…