मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   
साहित्य / कला   

झरीसंगै “झरीको किरण” सार्वजनिक

झरीसंगै “झरीको किरण” सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – एक विशेष समारोहका विच कवि जानुका वस्ती ढकालको नवीनतम् कृति ‘झरीको किरण’ कविता संग्रह सार्वजनिक भएको छ। 
 
गोरखा जिल्ला मसेल गाउँपालिकादेखि अमेरिकाको नाभडा,क्यालिफोर्निया हुदै न्युयोर्क सम्मको यात्रा र कर्म भोगाई समेटेर गद्य कविता र लयात्मक पद्य कविता समेटिएको झरीको किरण मे २९ शनिवारको दिन न्युयोर्कमा  विमोचन गरिएको थियो ।
 
प्रवासमा कवि जानुका वस्ती ढकालद्वारा  लिखित उक्त कविता संग्रह महाबाणिज्य दुताबासका बाणिज्यदुत गणेश प्रसाद अधिकारी, कविका माता हरिमाया वस्ती र पिता नीलप्रसाद वस्तीले  सयुक्त रूपमा लोकार्पण गर्नु भएको थियो । विमोचनको मन्चमा कथाकार खेमराज पोखरेल तथा राजेन्द्र ढकालको पनि अथितिका रूपमा उपस्थिति थियो । कविताको समालोचना गर्दै समालोचक रश्मी भट्टले कवितामा हुनु पर्ने शब्द संयोजन र भावनात्मक संरचनाले ओतपोत लागेका संन्देश मुलक छन्  तर कवि जस्तै शालिन  नभई बडो ब्यंगात्मक तरिकाले लेखिएका साह्रै पठन योग्य कविता छन् भन्नु भएको थियो । 

गोरखा समाज अमेरिकाको बिशेष सहयोगमा अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको उक्त विमोचन समारोह च्याप्टरकी अध्यक्ष शकुन ज्ञवालीले अध्यक्षता गरेकी थिइन । अनेसास च्याप्टरकी उपाध्यक्ष शान्ता अधिकारीले कार्यक्रम संचालन भएको थियो भने पछि वहॅाकै अनुरोधमा च्याप्टरकि अध्यक्ष सकुन ज्ञवालीले रोचक झंगले कार्यक्रम संचालन गर्नु भएको थियो । न्युयोर्कका प्राय सबै नेपाली कवि साहित्यकार, पत्रकार, गीतकार, समाजसेवी र नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
 
सो कार्यक्रममा साहित्यकार आनन्द श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, संगीता उप्रेती, ज्योति कुमार श्रेष्ठ, नदिया लिंवाग र किशनसिहं धामीले कवि जानुकाको आगामी लेखनलाई शुभकामना दिनुका साथै बधाई दिनु भएको थियो भने गोरखा समाज अमेरिकाका समाजसेवीहरू अन्जान श्रेष्ठ, खाम भट्ट, बिकास पाण्डे, अधिकारकर्मी तथा समादसेवी बिष्णुमाया परियार र सिटि काउन्सिलका उम्मेदवार चिरपरिचित समाजसेवी नवराज केसीले शुभकामना दिनु भएको थियो ।
 
स्रष्टाका ममतामयी आमा हरिमाया वस्तीले उपस्थित सबै अतिथिलाई धन्यबाद दिनुका साथै सानै उमेरदेखि लगनशील र कवि हृदयकी भएकीले नै लेखनमा सफलता मिलेको र सफलता प्राप्त भइ रहोस् भन्नु भयो । छोरी श्रद्धा ढकालले  आमाको ब्यक्तिगत र व्यावसायिक जीवनको ब्यस्तताको  बाबजुद पनि  हामीलाई  यो कृति पढ्ने  अबसर दिनुभयो भन्दै आमाप्रति गर्व छ भन्नु भएको थियो । 
 
श्रीमान, एक छोरा र एक छोरीका साथ सपरिवार न्युयोर्कमा लामो समय देखि बस्दै आउनु भएकी कवि जानुका ढकालको प्रथम संग्रह भएपनि बिगत लामो समयसम्म प्रवासमा बसेर नेपाली साहित्यमा गजल, कथा र कबिता बिभिन्न अनलाईन पत्रिका तथा पत्रपत्रिकामा लेख्दै आउनु भएको छ