साहित्यकार कृष्ण धरावासी अर्को नयाँ लेखन-साधनामा व्यस्त छन् । यसपटक उनी लीला लेखनको कलाबारे लेख्दै छन् । लीला लेखनबारे प्रष्टाउने उनको यो कृति सर्वथा नेपाली साहित्यमा नयाँ प्रयोग हुनेछ । उनको अर्को औपन्यासीक कृति पनि तयारी अवस्थामा छ । “तल्लो बाटो” नाम दिइएको उनको नयाँ औपन्यासीक कृतिमा मेक्सिको हुँदै अमेरिका छिर्ने नेपालीहरूको व्यथा हुनेछ ।…