मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

एनआरएनको इतिहास नबुझिदिनु नै दुर्भाग्य हो : डा. तारा निरौला

एनआरएनको इतिहास नबुझिदिनु नै दुर्भाग्य हो : डा. तारा निरौला


डा तारा निरौला अमेरिकामा रहेका नेपालीहरु माझ नेपाल र नेपालीहरुको बारेमा राम्रोँ दख्खल राख्ने ब्यक्तिको रुपमा चिनुहुन्छ नेप्लिज अमेरिकन काउन्सिल का पुर्ब अध्यक्षसमेत रहेका निरौला एनआरएन अमेरिकालाई यहाँसम्म ल्याउनँ ठुलो भुमिका रहेको छ ।

एनआरएन अमेरिकाको स्थापना गर्ने अगुहको रुपमा भुमिका खेल्नु भएको निरौला एनआरएन अमेरिकामा राम्रो नजिक बाट निहाल्नु भएका निरौला हिजो आज एनआरएनमा तेती सक्रिय देखिनु भएको छैन उहाँसगं एनआरएन अमेरिकाको गतिबिधिको बारेमा बिष्णुप्रसाद पौडेलले गरेको कुराकानीहरु

एनआरएन अमेरिकालाई कस्तो रुपमा हेर्नुहुन्छ ?
एनआरएन अमेरिकाको जुन संगठनात्मक आधार बन्नु पर्ने हो त्यो बन्न सकेको छैन । विशाल क्षेत्रफल भएको ठाउँ अमेरिकाको सबै राज्यमा नेपालीहरु फैलिएका छन् । त्यस्तो देशमा कस्तो किसिमले संगठनको विकास गरियो भने एनआरएनको विकास होला भन्ने बारे कसैले सोचेको देखिँदैन । त्यसबारे कसैले छलफल गर्न सकेनन् । अर्को कुरा एनसिसी अमेरिकाको उद्देश्य, कार्यक्षेत्र र यसका कामहरुलाई राम्रोसँग परिभाषित र निर्देशन गर्न सकेको देखिँदैन । राज्यराज्यमा शाखा खोल्नुपर्छ भनेर हामीले भनेका थियौं । त्यो बेलामा मैले शाखा खोल्न जरुरी छ र शाखाहरु र एनएनसिसीबीचको सम्बन्ध, कार्यक्षेत्र र नियन्त्रणका कुराहरु स्पष्टसँग वर्णन नगरिकन ती च्याप्टर खोल्नु त्यति उपयुक्त हुँदैन भनेको थिएँ । तर एनसिसी केन्द्रले र च्याप्टरले के गर्ने भन्ने कुरामा कोही पनि स्पष्ट भएको देखिँदैन ।

अमेरिकामा हेर्ने हो भने अमेरिकामा २/३ सय सामाजिक संस्था छन् । ती संस्थालाई मध्यनजर गरेर एनआरएन एनसिसीको भूमिका र कार्यक्षेत्र र उनीहरुसँगको सम्बन्धका बारे कसैले चर्चा गरेको देखिँदैन । सबैभन्दा ठूलो समस्या भनेको जबसम्म स्थानीय तहमा एनआरएनको गतिबिधी पुग्न सक्दैन, तबसम्म यो सच्चा एनआरएन हो र यसले एनआएनको उद्देश्य पूरा गर्छ भन्नु बेकार हुन्छ । चुनावको बेला यति मतदाता भए, यति सदस्य भए भन्ने बाहेक स्थानिय तहमा एनआरएनको भूमिका के हुने त्यो तहमा यसलाई कसरी लैजाने भन्ने कुरामा त्यति ध्यान दिएको देखिँदैन ।

केही समय अघि तपाईले एनआरएन अमेरिकासँग मेरो कुनै सम्बन्ध छैन भन्नु भएको थियो नि, किन त्यसो भन्नुभएको हो ?
सन् २००३ मा एनआरएनको स्थापना भएपछि नर्थ अमेरिका प्रभावकारी रुपमा समन्वय खेलिरहेको संस्था थियो ‘नेप्लिज अमेरिका काउन्सिल’ (न्याक) । एनआरएन एनसिसीले उत्तर अमेरिकाको एनआरएन एनसिसीको कार्य गर्ने भनेर त्यहि संस्थालाई स्वीकृति दिए । सन् २००९ सम्म न्याकले नै एनआरएन एनसिसीको गतिबिधी ग¥यो । त्यो बेलामा म २००८ सम्म न्याकको वरिष्ठ उपाध्यक्ष थिएँ । सन् २००९ मा अध्यक्ष भएँ । तर मैले नै त्योभन्दा अगाडि नै एनआरएन छुट्टै स्वतन्त्र संस्था हुनुपर्छ भन्ने धारण राखेको थिएँ । क्यानडामा छुट्टै र अमेरिकामा छुट्टै स्थापना हुनुपर्छ र यो संस्थासँग आवद्ध भएर कुनै पनि संस्था राख्नु हुँदैन, अरुसँग सहकार्य गर्न सक्छ तर संस्था–संस्था मिलेर एनआरएन बनाउनु हुँदैन भनेको थिएँ ।

२००७ तिर न्याकको अधिवेसनमा त्यसका नेतृत्व वर्गसँग एनआरएनलाई प्रभावकारी बनाउनुपर्छ, यसमा अमेरिकामा भएका सबै नेपाली मुलका साथीहरुलाई समेट्नु पर्छ र यो सबैको साझा संस्था बनाउनुपर्छ भन्ने धारणा राखेर प्रस्ताव राखियो । अधिवेशनमा एनआरएनलाई स्वतन्त्र बनाउनुपर्छ भनेर प्रस्ताव गरियो । छलफलका क्रममा यसलाई अहिले नै भताभुंग नपारि क्रमैसँग यसको पृष्ठभूमि तयार पारेर स्वतन्त्र एनआरएन बनाऔं भनेर मैले प्रस्ताव राखें । म सभापति भएपछि क्यानडा पूर्व, क्यानडा पश्चिम र अमेरिका गरेर जम्मा ९ वटा क्षेत्र निर्धारित गरियो र प्रत्येक क्षेत्रमा एकएक वटा निर्देशक बनाइयो । र ती ९ वटा निर्देशकलाई समन्वय गर्ने भनेर नर्थ अमेरिकाको नेशनल डिरेक्टर भनेर एउटा पद निर्माण गरियो । पछि मेरो व्यक्तिगत समस्याका कारण वरिष्ठ उपाध्यक्षलाई मेरो भूमिका सुम्पिएर राजिनामा गरें ।

मैले छाड्ने बित्तिकै हतारहतारमा न्याकलाई बन्द गरेर एनआरएन एनसिसी भनेर दर्ता गरियो । एनआरएन भनेको के हो ? यसको महत्व, भूमिका, उद्देश्य के हो ? यसले प्रत्येक एनआरएनलाई समेट्ने कसरी हो? भन्ने कुरामा अहिलेसम्म कतै छलफल भएको देखिएन । मुख्य विडम्बना अलिकति स्रोत साधन हुनेहरुको बाहुल्यता मात्रै देखियो ।

एनआरएनमा म नै हुनुपर्छ भन्ने मेरो धारणा होइन । संस्था भनेको कसैको निजी होइन यो साझा हुनुपर्छ । संस्थामा कोहि मान्छे आउँछ कोही जान्छ यो नियमित भइरहन्छ । संस्था नियमसंगत, अनुशासित र प्रजातान्त्रिक तरिकाले चल्नुपर्छ । अमेरिकामा भन्ने हो भने एनआरएनको सुरुवात गर्ने एकजना पनि अहिले त्यसमा संलग्न छैनन् ।

वैचारिक छलफल गरेर सहि कुरा के हो भनेर अगाडी बढ्ने परिपाटी नदेखिएकोले म अहिले त्योे संस्थामा सक्रियरुपमा लागेको छैन । संस्थाप्रति मेरो कुनै गुनासो होइन । तर साझा संस्थामा साझा ढंगले संस्थागत हिसाबले नहिँडेर व्यक्तिगत हिसाबले चलाइको देखियो । संस्थागत विकास कसरी गर्ने भन्ने कुरामा गएको देखिँदैन ।

चुनावमा भनिएका कुरा कति सफल भएका छन् त ?
अधिकांश रुपमा भन्ने हो भने चुनावी भाषण चुनाव सकिएसँगै सकिएको देखिन्छ । गत वर्षको चुनावकै पालामा उनीहरुले केके गर्छु भनेका थिए र के गरे भन्ने कुरा उनीहरुको फेसबुक खोलेर हेर्दा पनि देख्न सकिन्छ । नेपालमा भूकम्पको बेलामा यसो ग¥यौं उसो ग¥यौं भन्लान । त्यो त त्यस्तो परिस्थितीमा जसले पनि सहयोग गर्छ ।

चुनावका वेला मात्रै तात्तिने र अरु वेला खासै चासो देखाएको पाइँदैन किन होला ?
संस्थागत विकासमा पुग्नुपर्ने ध्यान पुगेन । मैले छलफल गरेर एनआरएन एनसिसीको उद्देश्य, यसको कार्यक्षेत्र के हो ? यसलाई निम्न तहमा पु¥याउन के गर्ने ? भन्ने कुरालाई आधार मानेर छलफल गरौं भनेको थिएँ । जान्ने बुझ्ने त खोजेर पनि आफैैं लाग्छन् तर धेरैलाई बुझाउनका लागि एनआरएनमा लागेर के हुन्छ भन्ने बुझाउनको लागि एउटा आधार चाहिन्छ । मैले त्यसो गरोैं भनेको थिएँ । चुनावका कुरा आएपछि सदस्यताका कुरा आउँछन् । चुनाव आएपछि बरु सदस्यताका कुरा रोकौं न ताकि मानिसहरुले अनावश्यक फाइदा नलिएन । सदस्य बनाउने काम त अरुबेला हरेक दिन वर्षैभरि गर्न सकिन्छ । चुनाव आउन आउनु तीन महिना अघि जसले सदस्यता लिएको छ उसले चुनावमा भाग लिन पाउने नियम बनाऔं । अहिले त सदस्यता लिएका कतिपयलाई सदस्य भएर के हुन्छ भन्नेसम्म पनि थाहा छैन ।

एनआरएनका संस्थापकहरु अहिले सक्रिय नहुनुको कारण के हो ?
अहिले संस्थामा हुनेहरुले एनआरएनको इतिहास नबुझिदिनु । सुरुवातको क्रममा कोकस्ले के गरे यो कुरा नबुझ्नु। एनआरएन भनेकै के हो भन्ने बुझ्ने कोशिस नगर्नु । र अलिकति बौद्धिक जगतगको भूमिका महत्वपूर्ण छ भन्ने नसोचिदिनु । मभन्दा बढि लागिपरेका व्यक्ती जस्तो अम्बिका अधिकारी जी । म न्याकको अध्यक्ष हुँदा उहाँ नर्थ अमेरिकाको संयोजक हुनुहुन्थ्यो । उहाँभन्दा अगाडी नरेश कोइराला हुनुहुन्थ्यो । अहिले उहाँहरुलाई कसैले सोध्दैनन् । क्यार्लिफोर्नियाका जीत जोशी, गौरी अधिकारी, शारदा थापा लगायत पुराना मान्छेहरु हराउनु भएको छ । म चाहिँ व्यक्तिगत कारणले पनि बाहिर निस्किएको हुँ । मलाई पद चाहिएको छैन । तर हामी जस्ताको ठाउँ नै देखिएको छैन । परिस्थिति एल्टो भएको छ । अहिले राजनैतिक दलका भात्तृ संगठनको वोलवाला बढिरहेको छ । त्यस्तो प्रवृति देखिएको हुनाले यस्तो प्रवृतिमा मलाई काम गर्ने मन पनि छैन ।

विगत र वर्तमान कार्यसमितिको काम प्रति कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
खगेन्द्र जिसीको नौ महिनाको कार्यकाल थियो । उहाँका पालामा भड्खालोमा परेको संस्थालाई बाहिर ल्याउन सकिन्छ कि भनेर लागियो । उहाँले संस्थामा प्रणालीको विकास गराउनुहुन्छ होला भन्ने आशा थियो तर त्यति धेरै उहाँले गर्न सक्नुभएन । नीति, निर्देशिका निमार्ण गर्नुहोला भनेको तर त्यसो भएन । जसरी अरु संस्था चलेका छन् त्यसरी नै यसलाई चलाउनु भयो । केशव पौडेल जीको पालामा पनि संस्थागत विकास हुन सकेन ।

संस्थाको नेतृत्वलाई मात्रै व्यक्तिगत फाइदा भएर भएन । अमेरिकामा भएका सम्पूर्ण नेपालीलाई उठाउने काम एनआरएनको हो कि होइन ? उनीहरुको हितमा कसरी काम गर्ने ? मेरो प्राथमिकता त्यो हो । नेपालीहरुलाई संगठित गर्ने, शिक्षित गर्ने, आफ्ना अधिकारहरु बुझाउने, काम गर्नुपर्छ । खास गरेर हामीले ३ वटा क्षेत्रमा काम गर्नुपर्छ । पहिलो नेपालीपन जोगाएर त्यसको प्रवद्र्धन र विकास गर्नुपर्छ । सामाजिक सांस्कृतिक भूमिकामा पनि एनआरएनले भूमिका खेल्नुपर्छ । दोश्रो कुरा हेर्ने हो भने आफ्नो समुदायको आर्थिक विकासमा मद्दत पु¥याउनु पर्छ ।

अर्कोकुरा हामी यहाँ बसेपछि हामी अमेरिकी होइनौं भन्नु आफैले आफैलाई ढाट्ने र अस्वभाविक कुरा हो । हामी नेपाली मुलका अमेरिकी हौं भन्न सक्नुपर्छ । तेश्रो कुरा हामीले राजनीतिक पहुँचको विकास गर्नुपर्छ । मैले पहिले कार्यक्रममा जाँदा साथीहरुलाई स्थानीय राजनीतिमा लाग भन्ने गर्थें । यहाँका सामुदायिक कार्यक्रममा सामेल हौ त्यसो भयो भने हाम्रो समुदायलाई पनि बलियो बनाउन सकिन्छ भन्ने गर्थें तर कसैले त्यसो गरेको पाइएन । सामाजिक सांस्कृतिकरुपमा, आर्थिकरुपमा र राजनीतिक यी ३क्षेत्रमा काम गर्नुपर्छ । धेरैले एनआरएनको मर्म र उद्देश्य नै बुझेका छैनन् । यो बुझाइदिनु पर्ने काम संस्थागत रुपमा एनआरएन एनसिसीको हो ।